सनराइज बैंकको २५ प्रतिशत नगद लाभांश अनुमोदन

३ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा शुक्रबार (कात्तिक १८गते) काठमाडौंमा सम्पन्न गरेको छ। 
 
वार्षिक साधारणसभामा प्रस्तुत भएका प्रस्तावहरुमा आर्थिक वर्ष २०७८–७९  वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको छ । 

यसका साथै आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश ९करसहित० सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया