जाल्पा सामुदायिक लघुवित्तले ७६.८४२१ प्रतिशत लाभांश दिने, वितरण कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम शेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंसिर १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी चौथो वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया