४४.७२ प्रतिशतले घट्यो सिवाईसी नेपाल लघुवित्तको नाफा, पीई रेसियो कति ?

३ बर्ष अगाडि

काठमाडौं - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा  १ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४४.७२ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५.५५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर २ करोड ४२ लाख रुपैयाँ भएको छ । 

पहिलो त्रैमासमा संस्थाले ६ करोड ०४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४ करोड ४४ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ३६।१० प्रतिशतले बढेको छ । 

चुक्तापुँजी १२ करोड १६ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार बढेर २९ करोड ५९ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १२ करोड १२ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा रिजर्भको आकार १४४.१२ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा संस्थाले १ अर्ब ७८ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५९ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर २.८७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.१२ प्रतिशत थियो । 

वार्षिकीकृत संस्थाको ईपीएस ४९.७८ रुपैयाँ, पीई रेसियो ३४.११ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३४३.३० रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया