छिमेक लघुवित्तको खराब कर्जामा सुधार, कति कमायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५३.७१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २१ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५२.७४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३० करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४६ करोड ६९ लाख रुपैयाँ भएको छ । 

पहिलो त्रैमासमा संस्थाले ७३ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५३ करोड ३८ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि ३८।६२ प्रतिशतले उकालो लागेको छ । 

चुक्तापुँजी २ अर्ब ३२ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार बढेर २ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ अर्ब ९ करोड रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा संस्थाले २८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर ०.८१ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.०३ प्रतिशत थियो । 

वार्षिकीकृत संस्थाको ईपीएस बढेर ५६.६४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस ४६.८० रुपैयाँ थियो । पीई रेसियो १७.३९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २७०.३० रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया