यूएईद्धारा विश्वभरबाट दक्ष स्वास्थ्यकर्मी जनशक्ति आपूर्तिका लागि विशेष व्यवस्थाको शुरु

३ बर्ष अगाडि

काठमाडौं - पर्यटन व्यवसायका माध्यमबाट आफ्नो अर्थतन्त्रको उच्चतम विकास खोजिरहेकोे यूनाइटेड अरव इमिरेट्स ९यूएई० ले विश्वभरबाट दक्ष स्वास्थ्यकर्मी जनशक्ति आपूर्तिका लागि विशेष व्यवस्थाको शुरुवात गरिएको बताएको छ । 

चिकित्सक तथा नर्सजस्ता व्यावसायिक जनशक्तिको आपूर्तिमा सहजता ल्याउन अबुधाबी स्वास्थ्य विभागले नयाँ प्लेटफर्म शुरुवात गरेको बताएको छ । विभागले ‘कावाडेर’ नामको अनलाइन एप्लिकेसन ९एप्स० सार्वजनिक गर्दै उक्त एप्लिकेसनमार्फत इमिरेट्स भर मेडिकल क्षेत्रमा रहेका आवश्यकता अर्थात् ‘डिमाण्ड’ पत्ता लगाउन सकिने बताएको छ ।

यूएईमा अस्पताल र क्लिनिकहरू जस्ता चिकित्सा प्रतिष्ठानहरूमा माग हुने विदेशी जनशक्तिको डिमाण्ड उक्त एप्सबाट जानकारी लिई सोझै निःशुल्क आवेदन गर्न सकिने बताइएको छ । स्वास्थ्य सेवा क्षेत्रमा केन्द्रित ‘कावाडेर’ एप्लिकेसन विश्वभरका प्रतिभायुक्त जनशक्तिका लागि आकर्षण र नयाँ प्लेटफर्म भएको अबुधाबी स्वास्थ्य विभागको दाबी छ ।

वेबसाइटमार्फत इच्छुक आवेदकहरूले प्रयोगकर्ताको रुपमा दर्ता भई जनरल फिजिसियन, विशेषज्ञ चिकित्सक, नर्स र अन्य चिकित्सा जनशक्तिले रोजगारी खोजी गर्न सक्नेसमेत विभागले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया