काठमाडौं - बैंकहरुले व्यवसाय विस्तारमा मात्र ध्यान दिइ कर्जा उठ्नेरनउठ्ने मूल्याङ्कन नगर्दा समग्र बैंकिङ प्रणालीकै जोखिम बढेको छ । बैंकहरुले कर्जा दिने मात्र सोच्दा कमसल क्षेत्रमा धेरै कर्जा लगानी बढेपछि बैंकिङ क्षेत्रको जोखिम बढेको हो ।
बैंकहरुले कर्जा दिने तर उठ्ने नउठ्ने मूल्याङकन नगर्दाको परिणाम चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्ममा २६ बाणिज्य बैंकहरुले कुल ९ अर्ब ४७ करोड १८ लाख रुपैयाँ जोखिम व्यवस्थाका लागि छुट्याएका छन् ।
बैंकहरुले प्रवाह गरेको कर्जा कमसल भएपछि अथवा कर्जाको सावाँ व्याज समयमा उठ्न नसकेपछि त्यसको जोखिम व्यवस्था गर्नुपर्छ । बैंकहरुले ठुलो आकारको रकम जोखिम व्यवस्था गर्नु परेकाले पनि नाफामा करिब ३ प्रतिशतको मात्र वृद्धि देखिएको हो ।
बैंकहरुले चालु आवमा गरेको जोखिम व्यवस्था (इम्प्यअरमेन्ट) अर्थात कर्जा नोक्सानी वापतको रकम आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०४.६५ प्रतिशतले धेरै हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ उक्त शिर्षकमा छुट्याएका थिए ।
बैंकहरु चालु आवको पहिलो त्रैमासमा जोखिम व्यवस्थाका लागि छुट्याएको रकम गत आव २०७८/०७९ को तुलनामा दोब्बर हो । गत आवमा बैंकहरुले जोखिम व्यवस्थाका लागि कुल ४ अर्ब २८ करोड ३९ लाख रुपैयाँ प्रोभिजनिङ गरेका थिए ।
प्रतिक्रिया