काठमाडौं - स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई बैंकको फाइनान्सिल मार्केट्स एन्ड ट्रेजरी मार्केट्सको प्रमुखमा नियुक्त गरेको छ ।
मिश्रसँग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनुअघि मिश्र सनराइज बैंकमा ग्रुप ट्रेजरर, हेड अफ ट्रेजरी फाइनान्सियल एन्ड ग्लोबल मार्केट्सका कोषाध्यक्ष थिए ।
मिश्रले सनराइज क्यापिटलमा डाइरेक्स (इन्भेस्टमेनट) पदमा पनि काम गरिसकेका छन् । यसका साथै मिश्र फरेन एक्सचेन्ज एन्ड मनी मार्केट डिलर्स एसोसिएसन अफ नेपाल (एफईडीएएन) का पूर्वअध्यक्ष रहिसकेका छन्।
हाल उनी अमेरिकाको एसोसिएसन फर फाइनान्स प्रोफेसन (एएफपी) क्रियाशील सदस्य छन् ।
प्रतिक्रिया