एजेन्सी - संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले केही समयपहिले चौथोपटक ब्याजदर बढाएको छ ।
यसको असर संसारभरका पुँजीबजारमा परिरहेको अवस्थामा बैंक अफ इंग्ल्यान्डले भने बेलायत लामो मन्दी २०२४ को समरसम्म लामो समय मन्दीमा जान सक्ने चेतावनी दिएको छ ।
बैंक अफ इंग्ल्यान्डले मुद्रास्फीति नियन्त्रणको २.२५ प्रतिशतबाट ब्याजदर ३ प्रतिशत पुर्याएको छ । योसँगै बेलायतको जीडीपीमा पनि धक्का लागेको छ ।
बेलायतमा साँझ प्रकाशित हुने लन्डन इभिनिङ स्ट्यान्डका अनुसार बेलायतको जीडीपी पनि ०.७५ प्रतिशतले गिरावट आएको छ ।
बेलायतकै अर्थशास्त्रीहरुले हाल बेलायत २०२२ को मध्यदेखि अर्थतन्त्रमा मन्दी देखिएको र यसको प्रभाव अझै २ वर्ष हुन सक्ने देखिएको छ ।
प्रतिक्रिया