काठमाडौं - ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार योगेशकुमार भट्टराईले आफू एमालेसहित काँग्रेस र माओवादी समेतको नेता भएकोले जहाँ पायो त्यही मुख छाडेर हिँड्न नमिल्ने बताएका छन् ।
आफू जिम्मेवार पार्टीको केन्द्रीय नेतृत्वमा समेत रहेकोले कसैले भनेको भरमा उच्छृङ्खल र उत्तेजक अभिव्यक्ति नदिने उनले बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का अधिकांश क्षेत्रहरूको घरदैलो कार्यक्रमपछि दोभान बजारमा जनवर्गीय संगठनहरुद्धारा आयोजित कार्यक्रममा भट्टराईले आफ्नो बारेमा गरेका टिप्पणीलाई उपयुक्त ढंगले जवाफ दिन तयार रहेको प्रतिक्रिया दिए ।
आफू सार्वजनिक रुपमा सवाल–जवाफका लागि तयार रहेको भन्दै उनले एमालेसहित काँग्रेस र माओवादी समेतको आफू नेता भएकोले त्यही रुपमा प्रस्तुत भइरहेको बताए ।
प्रतिक्रिया