एनसीसी बैंकको डेबिट कार्ड प्रयोगकर्तालाई दराज अनलाइन सपिङ गर्दा अधिकतम २ हजार ५०० सम्मको छुट

३ बर्ष अगाडि

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ । एनसीसी बैंकका ग्राहकले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौताअनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगकर्तालाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा रु। २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगकर्तालाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु। ३ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ । 

यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्सटेन्सन काउन्टर र १३७ एटीएम सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया