महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न

३ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम कात्तिक १८ गते चितवनको सौराहास्थित होटल ल्यान्डमार्कमा सम्पन्न गरेको छ ।

कार्यक्रममा कम्पनीका विभिन्न ३४ शाखा तथा उपशाखामा कार्यरत ३४ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल तथा सीएफटी) सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो । 

गैरकानुनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के–के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइयो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारिताका बारेमा प्रकाश पारेका थिए । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्पत्ति शुद्धीकरणको प्रक्रिया र औचित्यबारेमा जानकारी गराएका थिए । 

यसका साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाको समेत उपस्थिति थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया