एनआईबिएल एस क्यापिटलद्धारा २० प्रतिशत लाभांश पारित

३ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । 

काठमाडौंको लाजिम्पाटस्थित क्यापिटलको रजिस्टर्ड कार्यालय भएको सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको २० प्रतिशत (करसहित) का दरले हुन आउने रु. ५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

क्यापिटलले हाल सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ। यसका साथै समूहिक लगानी कोषतर्फ एनआईबिएल म्युचुअल फन्डअन्तर्गत हाल दुई बन्दमुखी योजना तथा एक खुलामुखी योजनासमेत सञ्चालनमा रहेको छ। 

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डमा नेपालकै पहिलो खुलामुखी योजनासमेत रहेको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया