बैंक अफ इंग्ल्याण्डले बढायो ब्याजदर, तीन दशक यताकै उच्च वृद्धि

३ बर्ष अगाडि

काठमाडौं - बैंक अफ इंग्ल्याण्डले बिहीबार ब्याजको आधार दर वृद्धि गरेको छ । सो बैंकले आधार दर ०।७५ प्रतिशतले बढाएर तीन प्रतिशत पुर्याएको छ । यो पछिल्लो तीन दशक यताकै उच्च वृद्धि हो ।

बैंक अफ इंग्ल्याण्डले ब्याजदरमा भएको बढोत्तरीका विषयमा बोल्दै बेलायत पहिलेदेखि नै आर्थिक मन्दीमा रहेको र अब लामो समयसम्म रहने संभावना भएको बताएको छ ।

केन्द्रिय बैंकले आउँदो वर्षमा उच्च मुद्रास्फिती र बेरोजगारीदरका साथै लामो समयसम्म बेलायतको अर्थतन्त्र संकुचित हुने चेतावनी समेत दिएको छ । 

बैंकका अनुसार बेलायतको इतिहासमा पहिलो पटक निरन्तर आठ त्रैमासमा जीडीपीमा गिरावट देखिएको छ । यद्यपी यसको असर २००८ देखि २००९ सम्म र १९८० को दशकमा देखिएको मन्दी भन्दा कम रहेको बैंक अफ इंग्ल्याण्डले बताएको छ ।

 बैंक अफ इंग्ल्याण्डको प्रमुख ब्याजदरअहिले ०.७५ प्रतिशतले बढेर ३ प्रतिशत पुगेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया