बिक्री नभएको १३ लाख ५२७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउदै राधी विद्युत कम्पनी

३ बर्ष अगाडि

काठमाडौं - राधी विद्युत कम्पनीको १३ लाख कित्ता बढी सेयर लिलामीमा आउने भएको छ । 

कम्पनीले गत असोज ५ गतेबाट असोज २५ गतेसम्म चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा बिक्री नभएको १३ लाख ५२७ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको हो । 

कम्पनीले हिजो बिहीबार हकप्रद सेयर बाँडफाँड गरेको छ । जसमा रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले हदभन्दा बढी आवेदन दिएका सेयरधनीलाई बाँडफाँडमा नपरेको सेयरबापतको रकम आउँदो आइतबारदेखि बैंक खातामा फिर्ता गर्नेछ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया