काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ।
यस सहकार्यअन्तर्गत बैंकले दिगो रुपमा लघु, साना र मझौला व्यवसायहरु ९एमएसएमइज० का लागि वित्तीय पहुँच बढाउनेछ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरुमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवर्द्धन गर्नेछ ।
यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेस ५ वर्षको १८।९ मिलियन अमेरिकी डलरको सहयोग हो। जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरु बढाउन विश्वव्यापी पुँजीकरण एकीकृत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पुर्याउँदछ ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया