आजदेखि ‘यार्सा ल्याब्स स्टार्टअप एन्ड आइडिया फेस्ट’ हुँदै, निःशुल्क अवलोकनको व्यवस्था

३ बर्ष अगाडि

काठमाडौं - सातै प्रदेशको कार्यक्रमपश्चात लिभिङ विथ आईसीटीको आयोजनामा काठमाडौंस्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एन्ड आइडिया फेस्ट कार्यक्रम हुँदैछ । 

कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ । यसका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुँदैछ । 

दुई दिनसम्म चल्ने फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने छन् । स्टार्टअप एन्ड आइडिया फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न सातै प्रदेशमा स्टार्टअप एन्ड आइडिया फेस्ट सफलतापूर्वक सम्पन्न गरेपछि काठमाडौंमा पनि आयोजना गर्न लागेको कार्यक्रमका संयोजक राजन लम्सालले बताए । यस कार्यक्रमले स्टर्टाअप र इन्नोभेसनमा लगानी गर्दै प्राथमिकतामा राखेर काम गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने आयोजकको अपेक्षा छ । 

फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एन्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई/भीआर लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिदै छ। यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो । १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोटको काम गरिरहेको छ । 

बुधबारमात्रै आईसीटी अवार्डका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न गरिएको थियो । 

त्यस्तै सातै प्रदेशमा आयोजना भएको स्टार्टअप एन्ड आइडिया फेस्टबाट छनोट भएका ४० बढी उत्कृष्ट स्टार्टअप तथा आइडियाहरुका लागि समेत मंगलबारदेखि बिहीबारसम्म ३ दिने बुटक्याम्प सञ्चालन भइरहेको छ । आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । 

यस कार्यक्रममा इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेसिस, ह्वावे, स्मार्ट क्यूआर, दराज, प्रेसिडेन्सियल बिजनेस स्कुल, आइएमईपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्ुज मेसिन्स लगायतको सहयोग रहेको छ । 

यसैगरी यस कार्यक्रममा  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसीसीआईलगायतको पनि सहयोग तथा सहकार्य छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया