काठमाडौं - अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्चसेन्ज ९नेप्से० आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि अरुण काबेली पावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६२.७३ रुपैयाँ कायम गरेको छ ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ३९९ रुपैयाँ कायम भएको थियो । अब आउँदो आइतबार यो कम्पनीको सेयर समायोजित मूल्यअनुसार नै कारोबारमा आउनेछ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् ।
प्रतिक्रिया