नेप्सेमा १० लाख कित्ता बढी सेयर सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १० लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । 

नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामी सेयर सूचीकृत भएको हो । 

यो कम्पनीले लिलामीमार्फत बेचेको १० लाख ७ हजार १७० कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ । 

केही समयअघि यो कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया