यी हुन् आज धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरु

३ बर्ष अगाडि

काठमाडौं - लगातार ३ दिन बढेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन भएको छ । बजारमा आज १६.१४ अंकको करेक्सन भएको हो । योसँगै नेप्से परिसूचक १९२२.१६ को विन्दुमा ओर्लिएको छ । 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५० अंकले घटेर ३७९.४३ को विन्दुमा झरेको छ । कारोबार रकम हिजोको तुलनामा घटेर ८९ करोड रुपैयाँ बढीको भएको छ । 

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका २७ लाख ६७ हजार ५३९ कित्ता सेयर ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँमा किनबेच भएका छन् । 

आज युनिलिभर नेपालका सेयरधनीहरुले धेरै कमाए । यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा उकालो लागेको छ । 

आज विन नेपाल लघुवित्त र मन्दाकिनी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया