काठमाडौं - लगातार ३ दिन बढेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन भएको छ । बजारमा आज १६.१४ अंकको करेक्सन भएको हो । योसँगै नेप्से परिसूचक १९२२.१६ को विन्दुमा ओर्लिएको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५० अंकले घटेर ३७९.४३ को विन्दुमा झरेको छ । कारोबार रकम हिजोको तुलनामा घटेर ८९ करोड रुपैयाँ बढीको भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका २७ लाख ६७ हजार ५३९ कित्ता सेयर ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँमा किनबेच भएका छन् । आज एभरेस्ट बैंकको सर्वाधिक ४ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
गरिमा विकास बैंकको संस्थापक समूहको सेयरको ३ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ३ करोड ४५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड १७ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड १६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको २ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९४ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २ करोड ६८ लाख रुपैयाँ, रिडी पावरको २ करोड ५९ लाख रुपैयाँ र नेपाल टेलिकमको २ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
प्रतिक्रिया