काठमाडौं - लगातार ३ दिन बढेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन भएको छ । बजारमा आज १६.१४ अंकको करेक्सन भएको हो । योसँगै नेप्से परिसूचक १९२२.१६ को विन्दुमा ओर्लिएको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५० अंकले घटेर ३७९.४३ को विन्दुमा झरेको छ । कारोबार रकम हिजोको तुलनामा घटेर ८९ करोड रुपैयाँ बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ । यो दिन जीवन बीमा समूह ०.०२ प्रतिशत र निर्जीवन बीमा समूह ०।०१ प्रतिशतको बढोत्तरी भएको छ ।
आज जलविद्युत समूह सर्वाधिक १.३७ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.२२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८३ प्रतिशत, व्यापार समूहमा १.०८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७८ प्रतिशत, विकास बैंक समूहमा १.१९ प्रतिशत, वित्त समूहमा १.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२६ प्रतिशत, लघुवित्त समूहमा १।०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७७ प्रतिशत र लगानी समूहमा ०.६४ प्रतिशतको गिरावट आएको छ ।
प्रतिक्रिया