अब आईपीओ निष्कासन गर्नेले वैदेशिक रोजगारीमा जानेलाई १० प्रतिशत कोटा छुट्याउनु पर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

सङ्गठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याउनु पर्ने व्यवस्था गरेको छ ।

छुट्याएको शेयर निष्कासन गर्दा निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणहरूको लागि निष्कासन गर्नु अगावै १५ दिनको अवधि तोकी आह्वानपत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

कम्पनीले निष्कासन गरेको शेयरमा आवेदन दिदाँ अनुमति प्राप्त आश्वा बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) खाताबाट मात्रै आवेदन दिनु पर्नेछ ।

उक्त निर्देशिका आज कात्तिक १७ गतेदेखि नै लागू हुने बोर्डले जनाएको छ । त्यस अनुसार अब आईपीओ निष्कासन गर्ने कम्पनीहरूले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूलाई समेत कोटा छुट्याउनु पर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया