कामना सेवाका ग्राहकलाई नोभेम्बर ११ मा दराजमा छुट

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बुधबार बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको ११.११ छुट योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि लागू हुनेछ । 

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु. २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ वा रु. ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई–कमर्सका लागि सक्रिय गर्नुपर्नेछ ।

माथि उल्लिखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागिमात्र प्रत्यक्ष हुनेछ । तसर्थ, आफ्नो ग्राहकलाई छिटो कार्ड ई–कमर्सका लागि सक्रिय गर्न र बिक्री सुरु हुनेबित्तिकै छुटहरु प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया