बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा उद्योगी-व्यासायीले भोलि प्रदर्शन गर्ने

३ बर्ष अगाडि

काठमाडौं - बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा उद्योगी(व्यासायीले भोलि शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । 

उद्योगी-व्यासायीहरुले भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध गर्न भएका हुन् । 

आफ्ना माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए 

संघको आयोजनामा हुन लागेको विरोध कार्यक्रममा सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत सघंहरुको संयुक्त उपस्थिति रहने छ । 

देशभरका ब्यासायी अहिले बैंकको बढ्दो ब्याजदर, प्रिमियमलगायतको आन्दोलन गरिरहेका छन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया