काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । एक कार्यक्रमकाबीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘बाचा पत्र’ को नाम दिएर आफ्ना एजेण्डा प्रस्तुत गरेको हो ।
स्वतन्त्र पार्टीले पार्टी स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामको फेहरिस्त बाचापत्र मार्फत ल्याएको छ ।
रवि लामिछानेको पार्टीले घोषणापत्रमा २४ वटा बाचा गरेको छ । निर्वाचन प्रक्रियामा सुधारसहित रविले अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थाका लागि वकालत गरेका छन् ।
त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकासलगायतका लागि आफ्नो पार्टीले गर्ने काम पनि रविले अघि सारेका छन् ।
त्यस्तै कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । बिहीबार सो पार्टीको सार्वजनिक गरेको घोषणापत्रमा शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने बताएको हो ।
वडा अध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ । यस्तै जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ ।
प्रतिक्रिया