अमेरिकामा मुद्रास्फीति दर ४ दशककै उच्च विन्दुमा, फेरि बढ्यो ब्याजदर

३ बर्ष अगाडि

एजेन्सी - विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा मुद्रास्फीति दर ४ दशककै उच्च विन्दुमा पुगेको छ । महँगी नियन्त्रण गर्न फेड रिजर्भले एकपछि अर्को गर्दै ब्याजदर बढाइरहेको छ ।

अमेरिकी फेडले बुधबार फेरि ०.७५ प्रतिशतले ब्याजदर बढाएको छ । यो लगातार चौथो वृद्धिपछि अमेरिकी फेडको ब्याजदर ३.७५ प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ । 

यद्यपि, फेडका अध्यक्ष जेरोम पावेलले पनि मुद्रास्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाउने अन्तिम चरण हुनसक्ने बताए । अमेरिकामा उपभोक्ता मुद्रास्फीति सेप्टेम्बरमा ८.२ प्रतिशतमा झरेको भए पनि लक्ष्यभन्दा २ प्रतिशतले बढी हो ।

यो अगस्ट २०२२ मा ८.३ प्रतिशत थियो । मुद्रास्फीतिले अमेरिकामा विगत चार दशकको रेकर्ड तोडेको छ । यसलाई नियन्त्रण गर्न अमेरिकी फेडले ब्याजदर बढाउने कडा निर्णय लिनुपरेको छ । 

अमेरिकी फेडरल रिजर्भको यो निर्णय अमेरिकी सेयर बजारलाई हाहाकार मच्चिएको  । अमेरिकी सेयर बजारमा गिरावट आएको छ । डाउ जोन, एस एन्ड पी ५०० र नास्डकमा गिरावट आएको छ । 

यी तीनै इन्डेक्समा क्रमशः १.५५ प्रतिशत, २.५ प्रतिशत र ३.३६ प्रतिशतको गिरावट आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया