ट्विटरबाट उच्च अधिकारीको बर्खास्त गरेपछि फेरी आधा बढी कर्मचारी हटाइने

३ बर्ष अगाडि

एजेन्सी - ट्विटरका सीईओ, सीएफ ओलगायत उच्च अधिकारीको बर्खास्त गरेपछि अहिले कर्मचारी कटौतीको तयारी भइरहेको छ ।

कम्पनीको कमान्ड सम्हालेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले अपरेशन क्लिन सुरु गरेका छन् । यो अपरेसनअन्तर्गत ३ हजारभन्दा बढी भनौँ आधाजसो कर्मचारीको जागिर जानेछ । 

ब्लुमबर्गका अनुसार एलन मस्कले लागत कटौती गर्न ट्विटर इंकबाट करिब ३ हजार ७०० रोजगारी कटौती गर्ने ठूलो योजना तयार पारेका छन् । कर्मचारी कटौतीको घोषणा शुक्रबार मस्कले गर्ने सम्भावना छ । ट्विटरले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । 

रोयटर्समा प्रकाशित समाचारअनुसार मस्कले ट्विटरबाट पहिलो चरणमा एक चौथाइ कर्मचारी कटौती गर्ने योजना बनाएका छन् । यसअघि मस्कले कम्पनीका सबै निर्देशकलाई बर्खास्त गरिसकेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया