काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ आउँदो मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक कलोज गर्ने निर्णय गरेको छ ।
यसको अर्थ मंसिर १ गतेसम्म (मंसिर २ गते शुक्रबार र ३ गते शनिबार) कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले आउँदो वार्षिक साधारण सभाबाट लाभांश स्वीकृत गरी ४५ दिनभित्र सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ।
प्रतिक्रिया