काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ६१.७९ प्रतिशत बढेर ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९८.१० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६४।२८ प्रतिशत बढेको छ ।
लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड २६ लाख रुपैयाँ रिभर्स भएसँगै सञ्चालन मुनाफा ६१।८० प्रतिशत बढेको छ । नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ १० पैसा बढेर २६ रुपैयाँमा ४५ पैसा पुगेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २२.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष १४.७४ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी २.५७ प्रतिशत र कर्जा ०.३१ प्रतिशत घटेको छ ।
प्रतिक्रिया