काठमाडौं - इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा भाग्यमानी ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा सदर आवेदकमध्ये १२ लाख ९३ हजार ७०५ आवेदकको हात खाली भएको छ ।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । आईपीओको अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ ।
कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी ६ लाख २५ हजार १९० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन् । यो आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकबाट कुल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।
जसमा १३ लाख ५६ हजार २२४ आवेदकबाट परेको १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सदर भएको छ । बाँकी १ हजार ९९६ आवेदकबाट परेको २६ हजार ४९० कित्ता सेयर बदर भएको छ ।
प्रतिक्रिया