काठमाडौं - नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछन् । यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै यी फण्डहरुको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ७ प्रतिशत र नबिल इक्विटी फण्ड ले करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया