काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७–७८ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले आफ्नो २२औँ वार्षिक साधारणसभा आउँदो मंसिर ८ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा पर्साको वीरगन्जस्थित होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश ९करसहित० पारित गर्नेछ । सभाले कम्पनीमा सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।
प्रतिक्रिया