‘रियलमी यूआई विजेट को–क्रिएसन’ क्याम्पेनको आयोजना हुने

३ बर्ष अगाडि

काठमाडौं - संसारमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ‘रियलमी यूआई विजेट को–क्रिएसन’ क्याम्पेन आयोजना गर्ने भएको छ । 

यो क्याम्पेनमा एप डेभलपर, यूएक्स डिजाइनर एवं स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारीदेखि लिएर सर्वसाधारणसमेत सहभागी हुन सक्नेछन् । विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँँ रियलमी यूआई विजेट सहसिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्देश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ । 

यसका साथै यो क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको यूआई विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सहसिर्जना गर्ने अद्वितीय अवसर प्रदान गर्नेछ। यसरी बनाइने नयाँँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताहरुको दैनिक प्रयोगका लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिनेछ । 

यसैगरी यसमा हरेकपटक स्क्रिन अनलक गर्दा आवश्यक सूचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ । यस यूआई विजेटको मुख्य काम आवश्यक सूचनाहरु होम स्क्रिनमा सरल तरिकाले देखिने बनाउनु हो । त्यसैले यस सहसिर्जनात्मक कार्यमा रियलमीले सहभागीहरुबाट रोचक र नवीन आइडियाहरुको अपेक्षा गरेको छ । 

आइडिया प्रदान गर्ने अन्तिम मिति कात्तिक २९ गते दिउँसो २ बजे सम्म तोकिएको छ। छनोट गरिएका आइडियाहरु मंसिर २२ गते सर्वजनिक गरिनेछन्। एकजना सहभागीले एकभन्दा बढी आइडियाहरु प्रदान गर्न सक्नेछन्। 

यसका लागि को–क्रिएसन टेम्पेलेट डाउनलोड गरेर सोही टेम्पलेट अनुसार एन्ट्री र सम्बन्धित डिजाइनहरु पूरा गर्नुपर्ने हुन्छ । PDF, DOC, DOCX, PNG, JPG, JPEG फर्म्याटका फाइलहरु मान्य हुनेछन् । 

आइडिया मान्य भएको खन्डमा रियलमी जीटी नियो ३ र एक्स्क्लुसिभ कम्युनिटी ब्याज प्रदान गरिनेछ । सहभागी सम्पूर्णले नयाँँ रियलमि यूआई विजेटको अर्ली एक्सेस भर्जन प्रयोग गर्ने अवसर पाउनेछन् । 

आफ्नो आइडिया प्रदान गर्नका लागि https://www.realme.com/global/2022realmecocreatewidget वा https://bit.ly/3MZ6VGN मा जान सकिनेछ । यसका साथै सर्त तथा बन्देजहरु पनि अध्ययन गर्न कम्पनीले आग्रह गरेको छ । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया