सेञ्चुरी बैंकका ग्राहकहरुले दराजमा अनलाईन सामान खरिद गर्दा २ हजार ५०० सम्मको छुट पाउने

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक र दराज केयमु प्रा। लि। बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रा. लि.का तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११।११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५०० रूपैयाँसम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रूपैयाँसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु (Activate) गर्नुपर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकको १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया