काठमाडौं - निर्वाचन आयोगले उम्मेदवारहरुको चुनावी खर्चको लेखापरीक्षण प्रतिवेदन मंसिर १९ गतेभित्र बुझाउन निर्देशन दिएको छ ।
आयोगले कोणसभा, आमसभालगायतमा उम्मेदवारले गरेको खर्चको लेखापरीक्षण प्रतिवेदन मंसिर १९ गतेभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको हो ।
उम्मेदवारले कात्तिक १७ गतेबाट कोणसभा तथा आमसभा गर्न पाउनेछन् । त्यस्ता सभाका खर्च मंसिर १९ गतेभित्र आयोगमा बुझाउनुपर्नेछ । खर्चको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउन पनि आयोगले निर्देशन दिएको छ ।
कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका लागि यसपटकबाट आयोगले उम्मेदवारलाई खर्च लेखापरीक्षण गर्न लगाउने भएको हो । यो व्यवस्थाले आयोगले तोकेको सीमाभित्र उम्मेदवारको खर्च लेखापरीक्षकले जाँचबुझ गर्नेछन् ।
प्रतिक्रिया