साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसले नेपाली कामदारको माग गरेको छ । mavromatis employment bureau ltd कम्पनीले ७ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४१ हजार बढि पाउनेछ । इच्छुक कामदारले एप्स सर्भिस प्रालिको कार्यालय बालकुमारी ललितपुरमा कार्तिक २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा स्ट्याम्पीङ शुल्क,  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया