काठमाडौं - प्रभु बैंक लिमिटेड र पर्वतको कुस्मास्थित हार्नेस जिपलाइन प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु रानामगर र हार्नेस जिपलाइनका तर्फबाट अध्यक्ष विदुर पौड्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हार्नेस जिपलाइनद्वारा सञ्चालित ९ट्यान्डम, सुपरम्यान एन्ड क्लासिक जिपलाइन० सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यस सम्झौताअन्तर्गत हार्नेस जिपलाइनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा हार्नेस् जिपलाइनका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुुनेमा बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया