समृद्धि फाइनान्सलाई ३ करोड १४ लाख खुद घाटा

३ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ३ करोड १४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । 

कम्पनीले समीक्षा अवधिमा अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष यस्तो घाटा ५७ लाख २५ हजार रुपैयाँ थियो । 

समीक्षा अवधिमा कम्पनीले २ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड ५ लाख रुपैयाँमा सीमित थियो । 

पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । 

चुक्तापुँजी ७४ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १५।८५ प्रतिशतले बढेर १८ करोड २६ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १५ करोड ६६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खराब कर्जाको अनुपात (एनपीएल) बढेर ६.०१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ४.५८ प्रतिशत थियो । सीडी रेसियो ८८.६९ प्रतिशत रहेको कम्पनीको आधारदर १४.३८ प्रतिशत छ । 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १६.९६ रुपैयाँले ऋणात्मक भएको छ । अघिल्लो वर्ष ईपीएस १।९४ रुपैयाँ रहेको थियो। पीई रेसियो पनि १४.५१ गुणा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.५७ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया