तीन महिनामा राष्ट्र उत्थान लघुवित्तको वित्तिय अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

समीक्षा अवधिमा संस्थाले  जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६९.४६ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६७.२५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ५० लाख ९ हजार रुपैयाँमा सीमित बनेको छ । 

पहिलो त्रैमासमा संस्थाले ४ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड १२ लाख रुपैयाँ थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि ७।६४ प्रतिशतले ओरालो लागेको छ । 

चुक्तापुँजी २६ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ४२.४० प्रतिशतले बढेर १८ करोड ५९ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १३ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ३५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब २ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर १.४३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.२५ प्रतिशतमा सीमित थियो । वार्षिकीकृत संस्थाको ईपीएस ५.८८ रुपैयाँ पुगेको छ। पीई रेसियो १६१.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया