आजबाट बिक्रीमा आयो सानिमा बैंकको ५१ लाख कित्ता सेयर

३ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकले आजदेखि ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंक संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । 

यो सेयरमा संस्थापक सेयरधनीहरुबाहेक व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ तोकिएको छ । 

लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले आउँदो कात्तिक २३ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ । खरिद आवेदन काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ । 

बैंकले यसअघि ३५ दिने सूचना निकालेर विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्री खुला गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया