कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ६४२.१२ प्रतिशतले बढ्यो, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजमसान्त सम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ लाख ५५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६४२.१२ ले बढेको छ । 

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले यस्तो मुनाफा १६ लाख ५० हजार रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकले १ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७७ लाख ६६ हजार रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी १४२।६९ प्रतिशतले बढेको छ। 

पहिलो त्रैमासमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७८ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

चुक्तापुँजी ५० करोड रहेको बैंकको रिजर्भको आकार सामान्य घटेर १३ करोड १८ लाख १३ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष रिजर्भमा १३ करोड १८ लाख १५ हजार रुपैयाँ थियो । 

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर ४.६९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ४.६५ प्रतिशत थियो । सीडी रेसियो ८७.९९ प्रतिशत रहेको बैंकको आधारदर १२.८५ प्रतिशत छ । 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १.७१ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस ०.२८ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ ३४९.४७ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया