साउदी आईडीको नवीकरण शुरु

३ बर्ष अगाडि

काठमाडौं - नेपालस्थित साउदी अरेबियाको दूतावासले कामदारको भिसा लगाउनका लागि जारी गरिएको दूतावासको परिचयपत्र (साउदी आईडी) लाई अपग्रेड गरी नवीकरण गर्न शुरु गरेकोे छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तोकिएका कागजातसहित सञ्चालक आफैं संघको कार्यालयमा उपस्थित भई नवीकरणका लागि निवेदन दिन वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गरेकोे छ ।

साउदी आईडी अपग्रेड गरी नविकरण गर्न बुधबार साउदी आईडी नम्बर १ देखि १२५ नम्बरसम्मका व्यवसायीहरुले सम्पर्क गर्नुपर्ने संघले बताएको छ । 

संघले लेटरहेडमा तोकिएको ढाँचामा निवेदन, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, इजाजतपत्र तथा प्यान कार्ड, कम्पनी रजिष्ट्रारको प्रमाणपत्रको रंगीन फोटोकपी गरी कम्पनीको छाप लगाएर पेश गर्न भनेको छ । 

१२५ पछाडिका इजाजतपत्रवालालाई क्रमशः सम्पर्क गर्न संघले आग्रह गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया