एजेन्सी - स्वीजरल्यान्डको केन्द्रीय बैंक, स्वीस नेशनल बैंकले सन् २०२२ को ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमाएको छ । विश्वव्यापी रुपमा मुद्रास्फीति आकाशिदै गएपछि विकसीत देशका राष्ट्रहरुले ब्याजदर बढाइरहेका छन् ।
४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले निरन्तर रुपमा ब्याजदर बढाएपछि मानिसहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गरिरहेका छन् । डलरको माग बढ्दै गएपछि डलरको मूल्य पनि बढेको छ ।
यसैक्रममा स्वीस फ्रान्कलाई कमजोर हुन नदिन र विश्व बजारमा स्वीस फ्रान्कको मूल्य सन्तुलनमा राख्न स्वीस बैंक प्रयत्नरत रहेको छ । स्वीस फ्रान्कको मूल्यमा कमी आउन नदिन स्वीस बैंकले १४१ अर्ब फ्रान्क बराबरको बन्ड खरिद गरेको थियो ।
यसकारण स्वीस बैंकले १४२ अर्ब ६० करोड अमेरिकी डलर बराबरको विदेशी सञ्चिति गुमाएको छ ।
प्रतिक्रिया