कति उठायो त्रिशूली जलविद्युतले आईपीओबापतको बाँकी रकम ?

३ बर्ष अगाडि

काठमाडौं - त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर ९आईपीओ०बापतको बाँकी रकममध्ये अहिलेसम्म २० करोड रुपैयाँ बढी उठाएको छ । 

कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो । कात्तिक १५ गते साँझ साढे ५ बजेसम्म कम्पनीले ९५ हजार ३०८ आवेदकबाट बाँकी रकम उठाएको हो । 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज साँझसम्म ती आवेदकबाट २३ लाख १२ हजार ५७२ कित्ताबापत २० करोड ११ लाख ९३ हजार ७६४ रुपैयाँ प्राप्त भएको छ । 

माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँकी रकम बुझाउन सेयरधनीहरुलाई आग्रह गरेको थियो । 

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ मा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर जारी गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँमात्र संकलन गरेको थियो । 

जनताको जलविद्युत कार्यक्रम ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७५ अनुसार सेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउन बाँकी छ। कम्पनीले सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गर्नेछ । 

रकम बुझाउन कम्पनीले कात्तिक १७ गतेसम्मको समय तोकेको छ। कार्यविधिअनुसार रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधान रहेकोले सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँमात्र जम्मा गरे पुग्नेछ । 

सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट समेत रकम बुझाउन वा आवेदन दिन सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया