खुद ब्याज आम्दानी घटेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपनि राष्ट्र उत्थान लघुवित्तको खुद नाफा घट्न पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ६९.४६ प्रतिशत घटेर ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपनि लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.६४ प्रतिशत घटेको छ भने फि कमिशन तथा डिस्काउन्ट १७.८७ प्रतिशत बढेको छ । 

यता, कुल सञ्चालन आम्दानी २।४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७।२५ प्रतिशत घटेको छ । नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ ७३ पैसा घटेर ५ रुपैयाँमा ८८ पैसामा झरेको छ । 

असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १६१.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.५७ प्रतिशत र जगेडा कोष ४२.४० प्रतिशत बढेको छ । 

त्यसैगरी, लघुवित्तको सापटी १६.२३ प्रतिशत, निक्षेप, २६.२९ प्रतिशत र कर्जा २६.५९ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया