काठमाडौं - सेयर बजारमा मंगलबार हरियाली छाएको छ । बजार आज ५६.१० अंकले उकालो लागेको हो ।
योसँगै नेप्से परिसूचक १९३०.९७ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.२८ अंकले बढेर ३८२.१४ को विन्दुमा पुगेको छ । कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज न्यादी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए । यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ ।
युनिभर्सल पावरको सेयरभाउ ९ प्रतिशतले बढ्दा युनियन हाइड्रोपावर, माउन्टे हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ ।
यो दिन जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए । यो लघुवित्तको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ ।
प्रतिक्रिया