आज सेयर बजारमा हरियाली : ५६.१० अंकले उकालो लाग्यो नेप्से, सवा १ अर्ब बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौं - सेयर बजारमा मंगलबार हरियाली छाएको छ । बजार आज ५६.१० अंकले उकालो लागेको हो । 

योसँगै नेप्से परिसूचक १९३०.९७ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.२८ अंकले बढेर ३८२.१४ को विन्दुमा पुगेको छ । कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । यो दिन वित्त समूह सर्वाधिक ५.४ प्रतिशतले उकालो लागेको छ । 

अन्य समूह ५.२८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २।२ प्रतिशत, व्यापार समूहमा ४.५६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०९ प्रतिशत, विकास बैंक समूहमा ३.९५ प्रतिशत, जलविद्युत समूहमा ४.३७ प्रतिशत, निर्जीवन बीमा समूहमा २.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.३३ प्रतिशत, लघुवित्त समूहमा २.१९ प्रतिशत, जीवन बीमा समूहमा १।९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५३ प्रतिशत र लगानी समूहमा ४.१७ प्रतिशतको बढोत्तरी भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया