काठमाडौं - नेकपा एमाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आफ्नो चुनावी घोषणा आज सार्वजनिक गरेको छ ।
घोषणापत्रमा एमालेले आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने प्रतिबद्धता गरेको छ । त्यस्तै ५ वर्षमा श्रमिकको मासिक न्यूनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।
एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा पनि गरेको छ । ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने एमालेले संकल्प गरेको छ ।
प्रतिक्रिया