एनएमबि म्युचुअल फन्डका ४ योजनाको वित्तीय विवरण सार्वजनिक, कस्को न्याभ कति ?

३ बर्ष अगाडि

काठमाडौं -  एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । 

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि हाइब्रिड फन्ड एल–१, एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र एनएमबि सरल बचत फन्ड–इको वित्तीय विवरण सार्वजनिक भएको हो । 

यीमध्ये ३ वटा योजनाको न्याभ घटेको छ भने एउटाको मात्रै बढेको छ । 
 
१. एनएमबि हाइब्रिड फन्ड एल–१
असोजमा एनएमबि हाइब्रिड फन्ड एल–१ को न्याभ घटेर १०.६२ रुपैयाँ कायम भएको छ । गत भदौमा यो योजनाको न्याभ १०.९० रुपैयाँ थियो । 

यो योजनाअन्तर्गत असोजसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ९९ करोड ८१ लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी १ अर्ब २ करोड रुपैयाँ थियो ।

असोजमा यो योजनाको कुल व्यय ५ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल व्यय २ करोड ३० लाख रुपैयाँ थियो ।

२. एनएमबि फिफ्टी
असोजमा एनएमबि फिफ्टीको न्याभ पनि सामान्य घटेर १०.६७ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ १०.७५ रुपैयाँ थियो । 

यो योजनाअन्तर्गत असोजसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब २३ करोड रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी १ अर्ब २८ करोड रुपैयाँ थियो ।

असोजमा यो योजनाको कुल व्यय ७ करोड १६ लाख रुपैयाँ रहेको छ । गत भदौमा कुल व्यय ६ करोड ६ लाख रुपैयाँ थियो ।

३. एनएमबि सरल बचत फन्ड–इको 
असोजमा एनएमबि सरल बचत फन्ड–इको न्याभ पनि सामान्य घटेर ८.६८ रुपैयाँ कायम भएको छ । गत भदौमा न्याभ ८.७७ रुपैयाँ थियो । 

यो योजनाअन्तर्गत असोजसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ४४ करोड १४ लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी ४२ करोड २० लाख रुपैयाँ थियो ।

असोजमा यो योजनाको कुल व्यय २ करोड ५८ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल व्यय २ करोड ७ लाख रुपैयाँ थियो ।

४. एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२
असोजमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ सामान्य बढेर ९.९९ रुपैयाँ कायम भएको छ । गत भदौमा न्याभ ९.९७ रुपैयाँ थियो । 

यो योजनाअन्तर्गत असोजसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल २४ करोड ५३ लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी १७ करोड ४४ लाख रुपैयाँ थियो ।

असोजमा यो योजनाको कुल व्यय १७ लाख ३३ हजार रुपैयाँ रहेको छ । गत भदौमा कुल नोक्सानी ४० लाख ९५ हजार रुपैयाँ थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया