नबिल म्युचुअल फन्डका ३ योजनाको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२ र ब्यालेन्सड् फन्ड–३ को वित्तीय विवरण सार्वजनिक भएको हो । 

यी तीनै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) असोजमा घटेको छ ।

इक्विटी फन्ड
असोजमा इक्विटी फन्डको न्याभ घटेर ९.९३ रुपैयाँ कायम भएको छ । गत भदौमा यो योजनाको न्याभ १०.१५ रुपैयाँ थियो । 

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ६ करोड रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी १ अर्ब ९ करोड रुपैयाँ थियो ।

असोजमा यो योजनाको कुल नोक्सानी ८ करोड २६ लाख रुपैयाँ रहेको छ । गत भदौमा कुल नोक्सानी ५ करोड ४४ लाख रुपैयाँ थियो ।

ब्यालेन्सड् फन्ड–२
असोजमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि सामान्य घटेर १०.१० रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ १०.३६ रुपैयाँ थियो ।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब २ करोड रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी १ अर्ब ४ करोड रुपैयाँ थियो ।

असोजमा यो योजनाको कुल नोक्सानी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ। गत भदौमा कुल नोक्सानी ४ करोड ८६ लाख रुपैयाँ थियो।

ब्यालेन्सड् फन्ड–३
असोजमा ब्यालेन्सड् फन्ड–३ को न्याभ पनि सामान्य घटेर ८.१३ रुपैयाँ कायम भएको छ। गत भदौमा न्याभ ८.२८ रुपैयाँ थियो ।

यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७९ करोड ६६ लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी ८८ करोड ७१ लाख रुपैयाँ थियो ।

असोजमा यो योजनाको कुल नोक्सानी ५ करोड ५३ लाख रुपैयाँ रहेको छ । गत भदौमा कुल नोक्सानी ३ करोड ७० लाख रुपैयाँ थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया